HimalKhabar.com :: A Complete Nepali Political News Portal
फूटबल
राष्ट्रिय फुटबल टोलीका थप एकजना खेलाडीलाई कोरोना संक्रमण बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ। मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो।
'म्याच फिक्सिङ' प्रकरणमा सर्वोच्चको फैसला- ‘फिक्सिङ गरेको भए पनि त्यसमा राष्ट्र विप्लवको कानून आकर्षित हुँदैन’ (पूर्णपाठ) सर्वोच्च अदालतले तत्कालीन राष्ट्रिय फूटबल टीमका खेलाडीहरूलाई राष्ट्र विप्लव गरेको अभियोगमा सफाइ दिंदा कानूनको अभावलाई मुख्य आधार बनाएको छ। आज सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा उनीहरूले म्याच फिक्सिङ गरेको भए पनि त्यसमा राष्ट्र विप्लवको कानून लगाएर सजाय गर्न नमिल्ने उल्लेख छ।