HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यापार
चामल आयात दोब्बर बढ्यो, दुई महीनामा रु. ४३ अर्ब ६० करोडको कृषिवस्तु आयात गत साउन र भदौ दुई महीनामा देशले रु. ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो। आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महीनामा जम्मा रु. ३ अर्ब ८० करोडको मात्रै धानचामल आयात गरेको थियो।
व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने मागसहित शैलून सञ्चालक र ब्युटिसियनहरू सडकमा  स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सौन्दर्य कला व्यवसायी र शैलून सञ्चालकहरू प्रदर्शनमा उत्रिएका छन्। कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि ६ महीनादेखि यी व्यवसाय सञ्चालनमा छैनन्। सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरेपनि शैलून, ब्युटिपार्लर, मसाजलगायतका व्यवसाय पुनः सञ्चालन गर्न दिइसकेको छैन।