HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकार
सरकारले सर्वोच्चबाट फिर्ता लियो प्रतिनिधि सभा विघटन गर्ने निर्णयको सक्कल फाइल प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेका बेला सरकारले सर्वोच्च अदालतमा पेश गरेको निर्णयको सक्कल फाइल फिर्ता लिएको छ। प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सरकारले सर्वोच्च अदालतबाट फिर्ता लिएको हो।
प्रधानमन्त्री ओलीले भने- ‘देशमा हत्या हिंसाको कालखण्ड फर्काउन खोजिँदैछ’ प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिस भइरहेको बताएका छन्। काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको मंगलबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए।