टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु
नेपालकालागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प २०२० यही २८ मंसिरदेखि ८ पौषसम्म संचालनमा ल्याएको छ। अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारीक फेसबुक पेजबाट लाइभ गरिएको थियो।
एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना
एनसेलले चाडपर्व लक्षित योजना अन्तर्गत बोनस टकटाइम र दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरूको अफर ल्याएको छ। एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहकका लागिआकर्षक योजना ‘कुरै कुरामाउपहार’ ल्याएको हो।