HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
लोकसेवा आयोगलाई सर्वोच्चको अन्तरिम आदेश- 'कोरोना संक्रमित बञ्चित हुनेगरी परीक्षा नलिनू' सर्वोच्च अदालतले कोरोना संक्रमित बञ्चित हुनेगरी परीक्षा नलिन आदेश दिएको छ। मानव अधिकार रक्षक सञ्जालका तर्फबाट दायर रिटमा कोरोना संक्रमितले  सहभागि हुन नपाउने गरी लोक सेवा आयोगले तयार पारेको परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
घूस खुवाएर त्रिविको गोल्ड मेडल लिएका कोइरालालाई १४ महीना कैद हुने फैसला घूस खुवाएर त्रिभुवन विश्वविद्यालयको स्नातकाेत्तर तहकाे परीक्षामा उत्कृष्ट नम्बर पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई विशेष अदालतले कैद र जरिवाना गर्ने फैसला गरेको छ। विशेष अदालतले त्रिविको आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्रप्रसाद कोइरालालाई एक वर्ष दुई महीना कैद र चार लाख ५७ हजार रूपैयाँ जरिवाना गर्ने फैसला गरेको हो।